आगलागीमा परी ८७ वर्षीय महवीर थामीको मृत्यु

आगलागीमा परी ८७ वर्षीय महवीर थामीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दोलखाको कालिन्चोक गाउँपालिका- २ डाकाका ८७ वर्षीय महवीर थामीको जलेर मृत्यु भएको छ।‌ सोमबार राति घरमा खाना खाएर आफ्नै घरमा सुतिरहेका उनको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।  वृद्ध घरमा एक्लै बस्दै आएका थिए । आगलागीमा परेर  वृद्धको शरीर पूर्णरुपमा जलेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिग्देलले बताए। 
 
आगलागीबाट वृद्धको एकतले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। घरमा आगलागी भएको बुधबार बिहान मात्र जानकारी भएको प्रहरी निरीक्षक सिग्देलले बताए । थामीको घरमा आगलागीको कारण विजुली सर्ट भइसकेपछि बिहान मात्र स्थानीयले थाहा पाएका थिए। 

Skip This
Skip This
Logo