भन्सार कार्यालयमा थन्किएका सवारीसाधन नष्ट हुँदै

भन्सार कार्यालयमा थन्किएका सवारीसाधन नष्ट हुँदै


विभिन्न मितिमा प्रहरीले बरामद गरे जनकपुर भन्सार कार्यालयलाई बुझाएको ७०० सवारीसाधनहरू लिलाम हुन नसक्दा नष्ट हुन थालेका छन्।

प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको सवारीसाधनहरूमा मोटरसाइकल ६८०, तीन पाङ्ग्रे टेम्पु ८, र पिकअफ भ्यान १२ वटा गरी ७०० सवारीसाधनहरू लिलाम हुन नसकेको छैन। करोडौँ मूल्य पर्ने सो सवारीसाधनहरू भन्सार परिसरमा यत्रतत्र राखिएकोले घामपानीका कारण नष्ट हुन थालेको छ ।

२०७८ पुस महिनामा लिलाम भएयता हालसम्म कुनै प्रकारको सवारीसाधनहरू लिलाम हुन नसकेको भन्दै भन्सार प्रमुख केशवराज ओलीले लिलामी प्रक्रिया झन्झटिलो भए पनि निकट भविष्यमै सो सवारीसाधनहरू लिलाम गर्न सूचना निकालिने बताए । ती सवारीसाधनहरू चोरी पैठारीमा प्रयोग हुँदै आएको र प्रहरीले विभिन्न मितिमा बरामद गरी भन्सार कार्यालयलाई बुझाएको हो ।

Logo