कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

केन्द्रबिन्दु
0
Shares

कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका-६ बस्ने १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले दुर्घटनामा परेर गम्भीर घाइते भएका ठगुन्नालाई उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको  जनाएकाे छ ।  

जिपमा सवार चुुरेकै १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीया सरस्वती धामी पनि घाइते भएका छन् । उनीहरुको अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ । उनीहरु एसईई दिएर घर फर्किरहेका थिए । जिप चालक चुरे गाउँपालिका बस्ने १९ वर्षीय नरसिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Logo