चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारबाहीमा परिने

चुरोटको मूल्य अंकित पोष्टर किराना पसलमा टाँसे कारबाहीमा परिने

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पसलहरूमा चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर नटाँस्न आग्रह गरेको छ।  टाँस गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन र जनस्वास्थ्य ऐन बमोजिम सजाय र  जरिवाना हुने स्पष्ट गरेको छ । 

सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेटसहितको मूल्यसूची राखेर विज्ञापन गरेको पाइएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो। 

कम्पनीहरूले गरेको उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ प्रतिकुल रहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, बिँडी, गुटका आदिका मूल्यसूची उल्लेखित पोस्टर वा वालचार्ट तुरुन्त हटाउन निर्देशन दिएको छ । 

Logo