त्रिभूवन विश्वविद्यालयको इतिहास लगायतको जानकारी अब युट्युबमा हेर्न सकिने

त्रिभूवन विश्वविद्यालयको इतिहास लगायतको जानकारी अब युट्युबमा हेर्न सकिने

केन्द्रबिन्दु
0
Shares

नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको विस्तृत इतिहास अब युट्युबमा हेर्न सकिने भएको छ । 

एडुसञ्जालले ‘त्रिभुवन विश्वविद्यालयको इतिहास’ शीर्षक डकुमेन्ट्री सार्वजनिक गरेको छ। डकुमेन्ट्री २९ मिनेटको छ।एडुसञ्जालका व्यवस्थापक तथा डकुमेन्ट्रीका निर्देशक दिपेश आचार्यले नेपालको शैक्षिक इतिहासलाई सूचना प्रविधिसँग जोड्ने कडीकोरुपमा यो डकुमेन्ट्री तयार पारिएको बताए। उनले छुट्टाछुट्टै रुपमा डकुमेन्ट्री तयार गर्दै जाने र सुरुमा त्रिभुवन विश्वविद्यालयको इतिहास तयार पारिएको पनि जानकारी दिए। 

डकुमेन्ट्रीको सन्दर्भमा जारी विज्ञप्तिमा त्रिविको बारेमा जानकारी दिदै उल्लेख गरिएको छ ‘ राणाकालमा नै विश्वविद्यालय स्थापनाको प्रयास भएको थियो। राणा शासन सकियो, प्रजातन्त्रको उदय भयो। प्रजातन्त्र प्राप्तिको केही कालसम्म विश्वविद्यालय स्थापनाको विषय अगाडि बढ्न सकेन्।

अमेरिकाको ओरेगन विश्वविद्यालयको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा सुधारको प्रयास अगाडि बढाइयो। सोही सन्दर्भमा विश्वविद्यालय स्थापनाको कुरा अगाडि बढ्यो। नेपालको पहिलो शिक्षा आयोगले विश्वविद्यालय स्थापनाका लागि सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझायो।

आयोगका अध्यक्ष सरदार रुद्रराज पाँडे थिए। तत्कालीन राजा त्रिभुवनको निधन भएपछि उनको नाम चीर सम्झनाका लागि विश्वविद्यालय स्थापनाको घोषणा गरियो। त्रिभुवनको निधन भएको एक वर्षपछि राजपरिवारले गरेको घोषणाअनुरुप २०१३ सालमा कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय स्थाना गर्ने निर्णय भयो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको संयोजकत्वमा गठित समितिले नै सो स्थान उपयुक्त भएको ठहर्‍याएको थियो । २०१६ सालमा त्रिवि ऐन जारी गरियो । तसर्थ यसको स्थापना २०१६ साललाई मानिँदैन आएको छ। ’डकुमेन्ट्रीका निर्देशक आचार्यले त्रिवि स्थापनाका सन्दर्भमा भएका केही महत्वपूर्ण घटनालाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै यसमा प्रयोग गरिएका अधिकांश तस्बिर हालसम्म सार्वजनिक नभएको दावी गरेका छन् ।

डकुमेन्ट्रीमा हालसम्मको अवस्थालाई समावेश गरिएको छ। अहिले त्रिविको नौ वटा संकाय र संस्थान, चार वटा अनुसन्धान केन्द्र छन् । यसका ४० वटा केन्द्रीय विभाग, ६२ वटा आङ्गीक क्याम्पस र एक हजार ६२ वटा सम्बन्धन प्राप्त क्याम्पस छन्। यस विश्वविद्यालयमा करिब चार लाख विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षाको करिब ८० प्रतिशत भार यसै विश्वविद्यालयले थेग्दै आएको छ ।

Skip This
Skip This
Logo