लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ७ जना चालक नियन्त्रणमा

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ७ जना चालक नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको जगातिमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। 

नियन्त्रणमा आउनेमा बा १० च २४०४ नम्बरको कारका चालक रामेछापका २९ वर्षीय वेद बहादुर राउत, बा १८ च ४०९६ नम्बरको कारका चालक भक्तपुरका २३ वर्षीय सुमित लासिवा, ना १ ज ५४८३ नम्बरको ट्याक्सीका चालक ओखलढुङ्गाका २० वर्षीय पारस खड्का, बागमती प्रदेश-०२-००६ प २१२६ नम्बरको मोटरसाइकलका चालक सिन्धुपाल्चोकका १९ वर्षीय सुमन काफ्ले रहेका छन् ।

त्यसैगरी  बा ९९ प ७०९९ नम्बरको मोटरसाइकलका चालक काभ्रेका २१ वर्षीय राज कुमार भन्ने सुदिप खड्का, प्रदेश १-०१-०१३ प ४०५० नम्बरको मोटरसाइकलका चालक सुनसरीका २४ वर्षीय शिशिर तामाङ र बा ७६ प ५६९५ नम्बरको स्कुटरका चालक भक्तपुरका २९ वर्षीय सन्तोष खड्कालाई पनि नियन्त्रणमा लिइएको छ ।  

Logo