खाण र रायमाझीलाई म्याद थपका लागि लगियाे सरकारी वकिल कार्यालय

खाण र रायमाझीलाई म्याद थपका लागि लगियाे सरकारी वकिल कार्यालय

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा ल्याइएको छ । 

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार उनीहरुलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगेको हो । 

काठमाडौं प्रहरी परिसरले रायमाझी, खाँणसहित ३३ जनाविरुद्ध मुद्दा चलाउन अध्ययन प्रतिवेदनमार्फत सरकारी वकिललाई सिफारिस गरिसकेको छ । हालसम्म प्रहरीले घटनामा संलग्न भएको अभियोगमा पूर्वउप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणसहित पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई पक्राउ गरेको छ । त्यसबाहेक धन्दामा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । 

साे प्रकरणमा प्रतीक थापा, नीरज राई, बेचन झा, केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुथाथोकी र रमा थापा फरार छन् ।

हालसम्म नक्कली शरणार्थीका नाममा ठगि भएको भन्दै एक सय १२ पीडितले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुद्यामा २७ करोड ४२ लाख ५७ हजार रुपैयाँ ठगि भएको भन्दै बिगो दाबी भएको छ । 

Logo