फर्न इभेन्ट्सले विश्वमाझ नेपाललाई चिनाउनेहरुलाई सम्मान गर्ने

फर्न इभेन्ट्सले विश्वमाझ नेपाललाई चिनाउनेहरुलाई सम्मान गर्ने

केन्द्रबिन्दु
0
Shares

फर्न इभेन्ट्सले नेपाललाई आफ्नो क्षेत्रबाट विश्वमाझ चिनाउने व्यक्तिहरुको सम्मानमा मनमोहक सिर्जना पुरस्कार २०२३  प्रदान गर्ने भएको छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुरस्कारको बारेमा जानकारी दिएको हो । भेन्ट्सले नेपाललाई आफ्नो आफ्नो क्षेत्रबाट विश्वमाझ चिनाएका व्यक्तिहरुको सम्मानमा पुरस्कार प्रदान गर्न लागेको जनाएको छ । 

फर्न इभेन्ट्सका निर्देशक हरिस गब्बरका अनुसार यस सम्मान कार्यक्रमले मुलुकको अन्तरसम्बन्ध र व्यापारलाई बढावा दिने विश्वास लिएको बताए । 

नेपाललाई पनि अन्तराष्ट्रिय बजारमा चिनाउन र यसले कलाकार तथा आफ्नो आफ्नो क्षेत्रबाट महत्वपूर्ण भुमिका निर्वाह गर्नेहरुलाई हौसला प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक कमिटीको भनाइ छ । 

कार्यक्रम जेठ १९,२० र २१ गते तीन हुनेछ । कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको कलाकारहरुलाई सम्मान गरिनेछ । 

Logo