राष्ट्रिय सडक सञ्जालमा परेको जग्गाको पनि कर तिर्न बाध्य छन् मुगाली जनता

राष्ट्रिय सडक सञ्जालमा परेको जग्गाको पनि कर तिर्न बाध्य छन् मुगाली जनता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सहज हुने आशा गरेका मुगुका जनता उल्टै सडकमा परेको जग्गाको पनि कर तिर्दा हैरान भएका छन् । 

सडक बनाइदिएपछि पुगिहाल्छ भन्ने मानसिकता सरकारको देखिँदा अहिलेसम्म जग्गाको कित्ताकाट अर्थात लगत कट्टा नहुँदा जग्गाको क्षेत्रफलको आधारमा नै राज्यलाई कर बुझाउन विवश छन् । 

२०६९ पुष १ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले तामझमका साथ राज्यको ठूलो लगानीमा सडक उद्घाटन गरेपछि नाग्म गमगढी सडक राष्ट्रिय सडक सञ्जाल अर्थात कर्णाली राजमार्गमा जोडिएको थियो । तर, अहिलेसम्म राज्यको कुनै पनि निकायले जग्गाको किता काट गर्नका लागि कुनै पहल नगर्दा निम्न आय भएका र आकाशे पानीको भरमा खेति गरि जीविका निर्वाह गर्दै आएका मुगाली जनता जग्गाको क्षेत्रफलको आधारमा राजश्व एवं कर स्थानीय सरकारलाई बुझाइरहेको छायाँनाथ रारा नगरपालिका -७ का बलराम शाही बताउँछन् । 

राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि विकास आउँछ र दिन फेरिन्छ भन्ने आशा गरेका मुगाली जनता दशक वितिसक्दा पनि यो समस्याबाट उम्कन पाएका छैनन् । 

लगत (किता) काट नहुँदा हरेका बर्ष राज्यलाई छाँयानाथ रारा नगरपालिका भित्र रहेका पिना,झ्यारी ,टोप्ला ,ताल्चा,मैथु, तुम गमगढी बजारवासीका सयौं घर परिवारका हजारौं जग्गा कर्णाली राजमार्गमा पर्दा बेकामेरुपमा  राज्यलाई कर तिर्दै
हैरानी भएका छन ।

सरोकारवाला निकायहरुले अहिले नै सडक छेउमा रहेको जग्गा सडकको मापदण्ड अनुसार कित्ताकाट (लगत) कट्ट गर्दा राम्रो हुन्थो तर यो कार्य नहुँदा सडक सञ्जाल क्षेत्र भित्रको जग्गाको तिरो जग्गा धनीले स्थानीय तहलाई बुझाइरहेको नापी कार्यालय मुगुका कार्यालय प्रमुख बिनीता शाहीले बताइन् ।

छाँयानाथ रारा नगरपालिकाले गत बैशाख १३ गते यसबारे निर्णय गरेर अघि बढेपनि सडक डिभिजन कार्यालय जुम्लाले हालसम्म कुनै चासो देखाएको छैन । 
 

Logo