आजबाट अदालतमा बयान सुरु हुने

आजबाट अदालतमा बयान सुरु हुने

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आजदेखी अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ। 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते पक्राउ परेकाहरुको आजदेखी अदालती बयान सुरु हुन लागेको हो।

सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो। 

गत सोमबार प्रहरीले आफनो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौँमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो।

राज्यबिरुद्धको अपराध, संगठित अपराध, किर्ते, ठगीलगायतका आरोप दर्जा गराएर मुद्दा दर्ता गराएको पर्सिपल्ट अर्थात आज शुक्रबारबाट अदालत बयान लिन लागिएको हो। 

Skip This
Skip This
Logo