नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आज पनि बयान जारी छ।
अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मंगलबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान भइरहेको छ ।
गत आइतबार इजलासले टंककुमार गुरूङ, सन्दीप रायमाझी र लक्ष्मी महर्जनको बयान लिएको थियो। त्यसअघि पहिलो दिन केशवप्रसाद दुलाल र सागर राईको बयान लिइएको थियो ।
शरणार्थी प्रकरणमा जेठ १२ गतेदेखि आरोपितहरुको बयान लिन थालिएको हो । प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ । यो साताभर उनीहरुको बयान लिइसक्ने सम्भावना छ । बयान सकेपछि थुनछेक बयान हुनेछ।































प्रतिक्रिया