ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पूर्वपश्चिम महेन्द्र राजमार्गको चितवन राप्ती नगरपालिका ४ मार्ताल पुल नजिक ट्रकले दिएको ठक्कर बाट साइकल चलाइरहेका एक जनाको निधन भएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार गएराति मंगलबार पौने १० बजे भएको घटनामा राप्ती-४ का ६५ वर्षीय हरि पाण्डेको मृत्यु भएको हो ।

साइकल चलाइरहेका उनलाई पूर्वबाट पश्चिम नारायणगढतर्फ आइरहेको बा प्र ०३-००१ ख १८६३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । प्रहरीले ट्रकका चालक मकवानपुर हेटौंडा-९ ठेगाना भएका २५ वर्षीय दिपेश अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

Skip This
Skip This
Logo