पक्राउ परेका १८ अभियुक्तको बयान सकियो, आइतबारबाट थुनछेक बहस सुरु हुने

पक्राउ परेका १८ अभियुक्तको बयान सकियो, आइतबारबाट थुनछेक बहस सुरु हुने

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजान रचिएको अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोपित १८ जनासँग बयान लिएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहस अघिको बयान लिएको हो । यही जेठ १२ गतेदेखि सुरु गरिएको बयान आज सकिएकाे हाे । शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान लिइएकाे थियाे । 

उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको थियाे । 

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आरोपितविरुद्धको बयान शुक्रबार सकिएसँगै आइतबारबाट थुनछेक बहस सुरु हुने छ । थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको बताइएको छ । यस प्रकरणका आरोपितमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेका छन् । 

Skip This
Skip This
Logo