काठमाडौँमा शनिबारदेखि श्री श्री घनश्यामदासजी महाराजद्वारा प्रवचन

काठमाडौँमा शनिबारदेखि श्री श्री घनश्यामदासजी महाराजद्वारा प्रवचन

केन्द्रबिन्दु
0
Shares

जगतद्गुरोत्तम श्री कृपालु जी महाराजका आत्मज एवम् ज्येष्ठ सुपुत्र श्री श्री घनश्यामदासजी महाराजद्वारा काठमाडौंमा आध्यात्मिक प्रवचन सुरु भएको छ । 

हरिहर सत्सङ सेवा समाजको आयोजनामा शनिबारदेखि काठमाडौंमा सुरु भएको आयोजकले जनाएको छ । प्रवचन काठमाडौं तिलगंगास्थित होटल आनन्द पशुपतिको हलमा जेठ २७ गतेसम्म हुनेछ ।

दिव्य प्रवचनकर्ता श्री श्री घनश्यामदासजी महाराजलाई बिहीबार साधकहरुले भव्य स्वागत गरेका थिए । भक्तिमार्ग सिद्धान्तका प्रणेता जगतगुरु श्री कृपालु जी महाराजका ज्येष्ठ सुपुत्र श्री श्री घनश्यामदासजी महाराजले साधनामा मनपरिवर्तन र एकाग्रता साथै श्रवण, किर्तन्,अस्मरण तिनवटै माध्यमद्वारा मनुष्यले भागवत कृपा प्राप्ति कसरी गर्न सक्छन् सो बारे प्रवचन दिनेछन् ।
 
यसअघि चार वर्ष पहिला सन् २०१९ मा पनि काठमाडौंमा उनले प्रवचन दिएका थिए । कोरोना महामारीको कारण लामो समयपछि आयोजना गरिएको उक्त प्रवचनमा झापाको दमक,पोखरा तथा कञ्चनपुरबाट समेत साधकहरु आउने आयोजकको अनुमान छ ।

Logo