‘मानव र प्राणी जगतको भविष्यका लागि हिमालको संरक्षण आवश्यक’ -राष्ट्रपति पौडेल

‘मानव र प्राणी जगतको भविष्यका लागि हिमालको संरक्षण आवश्यक’ -राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी, मानव र प्राणी जगतको भविष्य सुरक्षित गर्नको लागि हिमाल र हिमाली क्षेत्रको संरक्षणको आवश्यकता औंल्याएका छन् ।  

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७०औँ वर्ष पुगेको सन्दर्भमा पहिलो सगरमाथा आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनसहित  हिमालयन ट्रस्ट युकेका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटमा उनले यस्तो धारणा राखेका हुन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पारेको असर न्यूनीकरण गरी पृथ्वी र सम्पूर्ण मानवजातिको हितको लागि हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण आवश्यक रहेको बताए । 

उनले भने, “विश्वको वातावरणको संरक्षण हिमालबाट सुरु गर्नुपर्छ, किनकी पानीको मूल स्रोत हिमाल हो।” नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि हिमाली क्षेत्र र वातावरण संरक्षणमा जोड दिएको उनको भनाइ थियो । 

राष्ट्रपति पौडेलले सगरमाथा र यस क्षेत्रको जैविक विविधताको संरक्षणको लागि विश्व समुदायले नै काँधमा काँध मिलाएर हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।  

Skip This
Skip This
Logo