नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटको पेसी आज

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटको पेसी आज

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा आज पेसी तोकिएको छ।

रिटमा प्रारम्भिक सुनुवाइका लागि आजका लागि पेसी तोकिएको हो। वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबारबाट रिट दर्ता गराएका थिए।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता रिटमा अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ। त्यस्तै, विधेयकमा रहेका प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश समेत माग गरिएको छ।

Logo