खाणको पक्षबाट पूर्व महान्यायधिवक्तासहित १८ अधिवक्ताको जम्बो टोली वहसमा

खाणको पक्षबाट पूर्व महान्यायधिवक्तासहित १८ अधिवक्ताको जम्बो टोली वहसमा

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणले थुनछेक वहसमा पूर्व महान्यायधिवक्तादेखि नेपाल बार एसोशिएसनका अध्यक्ष सम्मलाई उतार्दै छन्।

जिल्ला अदालत काठमाडौँमा पेश विवरण अनुसार खाणको पक्षबाट बहसमा उत्रिने पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती हुन्। उनी गृहमन्त्री छँदा खाती महान्यायधिवक्ता थिए। उनको पक्षबाट वहसमा उत्रिने सबै अधिवक्ताको नेतृत्व खातीले नै गर्ने छन्।

टोलीमा नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरे पनि सहभागि छन्। त्यसबाहेक महादेवप्रसाद यादव, योगेन्द्र अधिकारी, प्रेमबहादुर खड्कासहित १८ जना अधिवक्ता उनको पक्षबाट वहसमा सहभागी हुँदैछन् ।

Skip This
Skip This
Logo