तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरमा चक्काजाम

तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरमा चक्काजाम

केन्द्रबिन्दु
0
Shares

तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरधाममा युवाहरुले विरोध प्रर्दशन गरेका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेसंगै नागरिकता बनाउन पुगेका युवालाई तत्कालका लागि नबन्ने जानकारी जिल्ला प्रशासन कार्यालयले गराएपछि युवाहरु आक्रोशित भएका हुन् । 

आईतबार बिहानैदेखि नागरिकता बनाउन पुगेका युवाहरुलाई बेलुकीसम्म कुराएर नागरिकता नबन्ने भनिएको भन्दै उनीहरुले चक्काजाम गदै विरोध जनाएका छन । अहिले जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो अवरुद्ध छ । आक्रोशित युवाहरुले टायरसमेत बालेर 'प्रमुख जिल्ला अधिकारी मुर्दावाद'को नारा लगाएका छन् । 
 

Logo