नवलपरासीमा दम्पतीको विभत्स हत्या

नवलपरासीमा दम्पतीको विभत्स हत्या

केन्द्रबिन्दु
0
Shares

नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको विभत्स हत्या भएको छ। प्रतापपुर गाउँपालिका-८ पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिए। उनीहरूको सोमबार राति हत्या भएको हो।

उनले भने, ‘भैँसी पाल्दा रैछन् त्यही गोठमा बस्ने खाने गरेको भन्ने छ, राती १० बजे खानासँगै खाको भन्ने जानकारी छ, राती नै हत्या भएजस्तो देखिन्छ, हामीलाई बिहान ७ बजे मात्रै जानकारी भएको हो।’

उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालले बताएका छन्। उनीहरूको घर गाउँकै बैरिहवामा छ। घरमा छोरीछोरीहरु बस्दै आएका थिए। उनीहरू भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए।

दम्पतीको कसले र किन हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।हामी अनुसन्धान गर्दैछौँ, घटनाको कनेक्सन हेरीराछौँ, केहीसँग सोधपुछ गरिराछौँ उनले थपे, ‘शव पोष्टमार्टमका लागी अस्पताल पठाउने तयारी भइरहेको छ ।’

Logo