इन्द्रजीत राईसहित थप तीन अभियुक्त पक्षको बहस आज हुने

इन्द्रजीत राईसहित थप तीन अभियुक्त पक्षको बहस आज हुने

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणका पक्राउमध्ये  इन्द्रजीत राईसहित थप तीन अभियुक्त पक्षको थुनछेक बहस आज(बिहीवार) हुँदैछ। 

जिल्ला अदालत काठमाडौँका अनुसार राईसहित सन्देश शर्मार सागर राईको पक्षबाट आज बहस हुनेछ। बुधबार बाँकी रहेको हुँदा अर्का अभियुक्त सानु भण्डारीको बहस पनि आजै हुनेछ। केशब दुलाल र टंक गुरुङ पक्षको बहस भने बुधबार नै सकिएको छ। प्रतिवादी पक्षबाट बहस बुधबारदेखि जारी छ। 

बहसमा पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठ, बरिष्ठ अधिवक्ता बालकृष्ण ढकाल, बिनोद शर्मा लगायतका अधिवक्ता सहभागि हुनेछन्। अदालतका अनुसार उनीहरु विरुद्धको बहस आजै सकिने छ। शुक्रबार भने पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायत प्रतिवादी पक्षबाट बहस हुनेछ । 

बहस गत २१ जेठदेखि  जिल्ला न्यालधिस प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी छ । जाहेरीकर्ता पक्षको बहस मंगलबार नै पुरा भएको छ। पूर्व गृहमन्त्री खाणले बहसक निम्ति पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती, नेपाल बार एशोसियएशनका पूर्व अध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेसहित अधिवक्ताको १८ टोली नियुक्त गरेका छन्। 

त्यस्तै, पूर्व उपप्रधान तथा उर्जामन्त्री रायमाझीले पनि थुनछेक बहसमा ‘हाइप्रोफाइल’ अधिवक्तालाई बहसमा उतारेका छन् । अदालतमा पेश विवरण अनुसार उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्याधिवक्ता सुशील पन्तले गरेका छन् । 

टोलीमा पूर्व महान्यायधिवक्ता रमेश बडाल पनि सहभागि छन्। त्यस बाहेक धर्मराज रेग्मी, पर्शुराम कोइराला,करुणाकर मल्लिक,आकृति रायमाझीलगायत आठ अधिवक्ताले उनको पक्षमा बहस गर्दैछन्। 

पूर्व गृहसचिव पाण्डेले पनि बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्तलाई नै नियुक्त गरेका छन्। उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दैछन्। टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन्। रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन्। राईको पक्षबाट भने बरिष्ठ अधिवक्ता बालकृष्ण ढकालले बहस गर्नेछन्। 

Skip This
Skip This
Logo