अर्थ समितिले गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई छलफलमा बोलाउने

अर्थ समितिले गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई छलफलमा बोलाउने

केन्द्रबिन्दु
0
Shares

संसदीय अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई छलफलमा बोलाउने निर्णय गरेको छ। 

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठेकाले छलफलका लागि गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमाललाई बोलाउने निर्णय गरेको हो। 

यसअघि बैठकमा सांसद नारायणी शर्माले घोराही सिमेन्टको आईपीओका विषयमा प्रश्न उठाउँदै धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर जवाफ लिनुपर्नेमा माग गरेकी दिइन्।

यस्तै सांसद ज्ञानेन्द्र शाही, पूर्णबहादुर तामाङसमेतले बैंकको कार्यक्षमतामा प्रश्न उठाएरपछि गभर्नर अधिकारीलाई बोलाएर छलफल गर्ने समितिले निर्णय गरेको हो । 

Skip This
Skip This
Logo