सामुदायिक विद्यालयका कर्मचारीको सेवा सुविधा नबढेको विरोधमा रिले अनशन सुरु

सामुदायिक विद्यालयका कर्मचारीको सेवा सुविधा नबढेको विरोधमा रिले अनशन सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिका पदाधिकारीहरु सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधाको विषय बजेटमा नसमेटिएको भन्दै रिले अनशनमा बसेका छन् ।

सोमबार भद्रकाली सडकखण्डमा नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको कर्मचारीहरुको सेवा सुविधाको विषयमा बजेटमा नसमेटिएको भन्दै रिले बसेका हुन् । अनशनमा संघीय समाजवादी फोरम नेपालकी सांसद रेखा यादवले विद्यालयका कर्मचारीहरुलाई कम तलबमा राख्नु श्रम शोषण भएको भन्दै यसको विषयमा निरन्तर रुपमा लागिरहेको बताएकी छिन् ।

उनले संसदको विकास कोषको लागि छुट्टयाइएको ५ करोड सामुदायिक विद्यालय सुधारको लागि लगानी गर्नुपर्ने भन्दै सरकारले नसुन्ने हो भने सदनमा आन्दोलन गर्न पनि पछि नपर्ने बताइन् । 

उनले भनिन्, 'विद्यालयका कर्मचारीहरुलाई अहिलेको तलबमा राख्नु भनेको मैले श्रम शोषण मान्छु । श्रम शोषण भएको छ । हालै आएको बजेटमा संसदको विकास कोषको लागि, क्षेत्रको लागि ५ करोड भनेर छुट्टाइएको छ, म के भन्न चाहन्छु भने त्यो पैसा त्यहाँ होईन यहाँ ल्याउनुपर्छ । हामीलाई बजेटमुखी होईन पेटमुखी बनाउनु प-र्यो, यस्तो भएन भने हामी चल्न सक्दैनौँ । सरकारलाई सुनाउनको लागि म निरन्तर लागि रहने छु, सरकारले नसुन्ने हो भने हामी सदनमा आन्दोलन पनि गर्न सक्छौँ ।' 

सांसद यादवले सरकारको व्यवहार देख्दा मुख देखाउन लाज लागेको भन्दै जुन ठाँउमा छौ, त्यो स्थानमा बस्न पनि असहज भईरहेको बताइन् ।

Skip This
Skip This
Logo