नागरिकताविहीन एक युवाद्वारा आत्मदाहको प्रयास, माइतीघर मण्डलामा तनाव

नागरिकताविहीन एक युवाद्वारा आत्मदाहको प्रयास, माइतीघर मण्डलामा तनाव

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले आदेशपछि नागरिकता विधेयक रोकिएपछि नागरिकताविहीन सयौं युवाहरु आन्दोलनमा उत्रिएका छन् । 

मंगलबार माइतीघर मण्डलामा प्रदर्शनको क्रममा एक युवकले आत्मदाहको प्रयाससम्म पनि गरेका छन् । उनलाई प्रदर्शनमा सहभागी युवाहरु र सुरक्षाकर्मीले रोकेका थिए । प्रदर्शन आक्रोशित बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो । स्थिति तनावपूर्ण हुने अवस्था देखिएपछि प्रहरीले बल प्रयोग गर्नुपने अवस्थासम्म आएको थियो । आन्दोलनमा सहभागी नागरिकताविहीन एक युवाले आफुहरुले नागरिकता पाउने अवस्था नभए जे पनि गर्न तयार हुने चेतावनी दिए ।

No description available.

उनले भने, ‘आफुहरुलाई नागरिकताविहीन बनाउन केही लागिपरेका छन्, उनीहरु अधिवक्ताको नाममा आफुहरुलाई नागरिकता नदिलाउन सक्रिय छन्, हामीले नागरिकता पाउने सबै अधिकार जुटाउँदासम्म पनि विभेद गरिदै आएको छ, एउटा नेपालीले आफ्नो देशको नागरिकता नपाउनु कुन हदसम्मको दुःखद पक्ष हो,यो कुरा राज्यले बुझेर पनि अरुले नबुझे जस्तो गर्नु न्याय नदिनु सरह हो ।’ 

No description available.

 

No description available.

No description available.

 

Skip This
Skip This
Logo