हार्डवेयर सप्लायर्ससँग संगीत रोयल्टी सम्झौता

हार्डवेयर सप्लायर्ससँग संगीत रोयल्टी सम्झौता

केन्द्रबिन्दु
0
Shares

प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र महालक्ष्मी इन्टरनेसनल तथा पञ्चकन्या हार्डवेयर सप्लायर्सबीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको छ ।

प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, संगीत रोयल्टी संकलन समाज नेपालका कोषाध्यक्ष वसन्त सापकोटा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा महालक्ष्मी इन्टरनेसनलका सञ्चालक रामकुमार राय तथा पञ्चकन्या हार्डवेयर सप्लायर्सका सञ्चालक विनोद खड्काबीच गीत संगीतको सार्वजनिक प्रयोग भएवापत रोयल्टी संकलनको सम्झौता भएको हो ।

‘गीत संगितको सार्वजनिक प्रयोग वापतको संगित रोयल्टी संकलन गर्ने कानुनी प्रावधान भएकोले समाजले पहिचान गरेको क्षेत्रहरु होटल रेष्टुरेन्ट, जिम हल, ब्यूटिपार्लर, डिपार्टमेन्टल स्टोर, सैलुनलगायत ब्यापारिक प्रयोजनका लागि खोलिएका सम्पुर्ण पसललाई गीत संगितको लाईसेन्सिङ गर्ने अधिकार भए बमोजिम हार्डवयर पसल पनि पनि सार्वजनिक पसल वा गोदाम भएको हुनाले समाजले संगित प्रयोग गर्नको लागि इजाजत पत्र(लाईसेन्स) प्रदान गरेका हौ’, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष मगरले भने ।

उनले प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित संस्थाले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत संगीतको सार्वजनिक प्रयोग भएवापत सिर्जित संगीत रोयल्टी संकलनको काम गरिरहेको बताए । सम्झौता कार्यक्रममा उपस्थित आफ्नै हार्डवेयर सप्लायर्सका सञ्चालक शेखर वाग्लेले कलाकारहरुसँग संगीत रोयल्टी र आफ्नो व्यवसायबीच सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

Logo