प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाइ समितिमा आज बाट प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ । बैठक बिहान ८ बजेपछि सिंहदरबारस्थित समितिको सभाकक्षमा सुरु भएको छ।

 

बुधबार उजुरीकर्तासँगको छलफलपछि आज बिहानबाट सुनुवाइ समितिले प्रस्तावित कार्कीलाई सुनुवाइका लागि बोलाएको छ । गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो।

कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ वटा उजुरी गरेकामा समितिले बुधबार ७ जना उजुरीकर्तासँग एक्ला एक्लै र बाँकीसँग संयुक्त रूपमा छलफल गरेको थियो।

Skip This
Skip This
Logo