जबरजस्ती करणी आरोपमा बाबुलाई जन्मकैद

जबरजस्ती करणी आरोपमा बाबुलाई जन्मकैद

केन्द्रबिन्दु
0
Shares

आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।

न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति  भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए। 

यस्तै दुई हजार आठसय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उनको भनाइ छ। पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दै आएकी थिइन। परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ। 

जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक असन्तुलनका कारण भारतमा उपचाररत रहेको परिवारका सदस्यले बताएका छन्। घटना २०७९ चैत ५ गते भएको थियो। घटनालगत्तै पक्राउ परेका पीडक पूर्पक्षका लागि थुनामा रहेका थिए। 

Skip This
Skip This
Logo