प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल-जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल-जवाफ

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज संसदीय सुनुवाइ समितिले सवाल-जवाफ गर्ने भएको छ। उनीमाथिको सुनुवाइ आज बिहान फेरि ८ बजेदेखि सुरु हुनेछ।

आजको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानन्यायाधीशमा सिफारिस कार्कीले जवाफ दिने कार्यसूची रहेको छ। समितिको आजको बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्ने छन्। सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्। कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन्।

बिहीबारको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका थिए। उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका छन्। गोला प्रथा लागु भएपछि न्यायिक विचलन कम हुँदै गएको र स्वच्छता गर्ने दिशामा अगाडि बढेको दाबी गरेका छन्।

Logo