पोखरामा विश्व सङ्गीत दिवस मनाइँदै

पोखरामा विश्व सङ्गीत दिवस मनाइँदै

केन्द्रबिन्दु
0
Shares

पोखरामा यही असार ६ गते विश्व सङ्गीत दिवस २०८० मनाइने भएको छ। सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा यहाँका १८संस्थाले विश्व सङ्गीत दिवस मनाउन लागेका हुन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाका अध्यक्ष नवराज बरालले पाँच वर्षदेखि रोकिएको विश्व सङ्गीत दिवसलाई निरन्तरता दिन साङ्गीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य सङ्घको हलमा आयोजना हुने सो साङ्गीतिक कार्यक्रमले पोखराको साङ्गीतिक गतिविधि बढ्ने विश्वास आयोजक संस्थाले गरेको छ। साङगीतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति गर्ने जानकारी सो अवसरमा दिइएको थियो ।

सोह्र विभिन्न प्रस्तुति रहने उक्त साङ्गीतिक कार्यक्रम दर्शकले निःशुल्क प्रवेश पाउने बताइएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान तथा पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा गर्न लागिएको उक्त कार्यक्रम आगामी वर्ष संयुक्तरूपमा मनाइने जानकारी सो अवसरमा दिइएको थियो ।

Skip This
Skip This
Logo