त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने व्यक्तिहरूविरूद्धको मुद्दा फिर्ता गरेपछि काठमाडौँमा प्रदर्शन भएको छ।
मन्त्रिपरिषदको बैठकले गत जेठ ३० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाविरूद्धको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो।
उक्त निर्णयविरूद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा सोमबार साँझदेखि अनसन पनि सुरू गरिसकेका छन्। मंगलबार बृहत नागरिक आन्दोलनले उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग्दै काठमाडौँ जिल्ला अदालत अगाडि प्रदर्शन गरेकाे हो।





























प्रतिक्रिया