ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने

ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने

केन्द्रबिन्दु
0
Shares

उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विगतमा जस्तो वडागत रूपमा बजेट नपठाउने भएको छ। वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो।

गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल रु ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ। ‘समग्रमा पालिकाभरिका योजना एकीकृतरुपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिनेछ’,उनले भने।

पालिकाको भौगोलिक विकटतालाई ध्यान दिँदै दिगो विकासका लागि ठूला र महत्त्वपूर्ण योजना पालिकास्तरबाटै सञ्चालन गर्न यस्तो निर्णय गरेको हो।बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै माग भई आएकाले प्रभावकारीता नदेखिने हुँदा वडागतरुपमा बजेट माग नगरिएको ताप्ली–१ का वडाध्यक्ष उद्धव हमालले बताए।

गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत रु सात करोड ५५ लाख, सशर्त अनुदान शीर्षकअन्तर्गत रु १८ करोड, विशेष अनुदानतर्फ रु एक करोड ९ लाख र समपूरक अनुदान पुँजीगततर्फ रु २६ करोड बजेट विनियोजन गरिँदैछ। चालु आवको तुलनामा आगामी आवका लागि रु दुई करोड ३६ लाख कम बजेट विनियोजन गरिएको छ। ताप्लीमा पाँच वडा रहेका छन्।

Skip This
Skip This
Logo