नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले नयाँ पुस्तामा पठन संस्कृति कमजोर हुदै गएको टिप्पणी गरेका छन् ।
बिहीवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले गरेको ‘शहिद गंगालाल र परिवर्तनमा युवा’ विषयक अन्र्तक्रिया कार्यक्रममा उपमहासचिव ज्ञवालीले हिजोका पुस्ताले गरेको परिवर्तन र आन्दोलनको आदर्शलाई अहिलेको पुस्तालाई बुझाउनुपर्ने धारणा राख्दै पुस्तकसंग यो पुस्तालाई जोड्नुपर्ने बताए ।
उनले भने, ‘पठन संस्कृति कमजोर भएको छ । त्यसले गर्दा युवा पुस्ता र समाज -यासनलको तुलनामा इमोसनल बन्दै गएका छन् । फेसबुक र टुईटरमा लेखेका कन्टेन्टमा जाने भन्दा पनि लाइक र डिसलाईकमा कित्ताकाट भएको छ । यो ढंगले जाने हो भने ग्रे एरिया नै नरहने गरी जुन ढंगको समाज धु्रविकरण र रियाक्टिभ हुदै गएको छ,यो राम्रो लक्षण होइन् ।यसबाट हाम्रो पुस्ताले युवा पुस्तालाई बचाउनुपर्छ भन्ने लाग्छ ।’
उपमहासचिव ज्ञवालीले समाज र युवा पुस्तालाई धु्रविकरणकबाट बचाउन पठन संस्कृतिसंग उनीहरुलाई जोड्नुपर्ने धारणा राखे ।
त्यस्तै उनले राननीतिक दलले गरेको परिवर्तनलाई युवा पुस्तामाझ जोड्न नसक्दा लोकतन्त्रको स्प्रिट संकटमा परेको बताए ।
हिजोका नेताहरु विचलिन नभई परिवर्तको लागि लड्ने गरेको भन्दै उनले भने, ‘हाम्रा हिजोका नेताहरु परिवर्तनको लागि आदर्शका साथ लाग्नुहुन्थ्यो,नेतृत्वले अलिकति त्यो आदर्शबाट दायाँबायाँ हुँदाखेरी त्यसका नकारात्मक असरहरु झन् बढ्दै जाने रहेछन् ।’
त्यस्तै, नयाँ पुस्ता अराजकतातिर जोडिन थालेको भन्दै उपमहासचिव ज्ञवालीले हिजोको आन्दोलनको आदर्शलाई आजका पुस्तासंग जोड्न जरुरी रहेको बताए । उनले भने, ‘कताकता हामीले नयाँ पुस्ताका इच्छा आकांक्षा सुन्न,हिजोको आन्दोलनको आदर्शलाई जोड्न नसकेको होकि भन्ने लाग्छ ।’































प्रतिक्रिया