नवीन अर्यालकाे ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन हुने

नवीन अर्यालकाे ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन हुने

केन्द्रबिन्दु
0
Shares

लामो समय खेलकुद पत्रकारितामा संलग्न पत्रकार नवीन अर्यालद्वारा लिखित पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशित हुने भएको छ।

खेलकुद्को समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमुलक उक्त पुस्तकलाई शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा क्रियटिभ बुक्सले यसै महिना प्रकाशन गर्ने भएको हो । 

पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि हालसम्मको खेलकुद वृत्तान्त समेटिएको छ । पुस्तकमा नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल यात्राको वर्णन गरिएको छ । यसैगरी सिमित साधन स्रोतका बावजुद नेपालको घरेलु खेलकुदलाई संस्थागत र संरचनागत रुपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पनि लिपीवद्ध गरिएको छ ।

ऐतिहासिक तस्वीरहरु, चिठीपत्र र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरुलाई समावेश गरिने यो पुस्तक नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि महत्वपूर्ण दस्तावेजका रुपमा रहने विश्वास गरिएको छ ।

Skip This
Skip This
Logo