यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश

यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको अन्तरिम आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको छ। 

मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको हो ।

ब्लु डायमन्ड सोसाइटीको तर्फबाट अध्यक्ष पिंकी गुरुङसहित ७ जनाले दायर गरेकाे रिटमा अदालतले दिएकाे आदेशमा भनिएको छ, ‘हाललाई प्रस्तुत रिट निवेदनका निवेदकहरू र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नू/गराउनू भनी सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ ।’ 

हेर्नुहाेस्, आदेश-

Skip This
Skip This
Logo