सरकारविरूद्ध सडकमा उत्रिए ट्याक्सी तथा चालक व्यवसायी

सरकारविरूद्ध सडकमा उत्रिए ट्याक्सी तथा चालक व्यवसायी

केन्द्रबिन्दु
0
Shares

२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्याङ्कर चालकहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन् । उनीहरूले कलङ्की-बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी सङ्घको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरूले आफूहरूका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने, लगायत माग राखेका छन् ।सरकारका नीति र निर्णय आफूहरूको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरूले नाराबाजी गरेका छन् ।

Logo