ललिता निवास प्रकरणका तीन जनाको रिट न्यायाधीश चुँडालको इजलासमा

ललिता निवास प्रकरणका तीन जनाको रिट न्यायाधीश चुँडालको इजलासमा

केन्द्रबिन्दु
0
Shares

ललिता निवास प्रकरणमा पक्राउ परेका तीन आरोपितको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन न्यायाधीश कुमार चुँडालको इजलासमा सुनुवाइ हुँदैछ।

गत मङ्गलवार निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह,भाटभटेनी सुपर मार्केटका संस्थापक मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमको तर्फबाट बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात कीर्तेको अभियोगमा उनीहरू माथि छानबिन गर्न प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूले आफूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न माग गरिएको छ।

Logo