‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ माविजेता दस भिडियो हङकङमा प्रर्दशन हुने भएको छ ।
प्रतियोगितामा विजेता भिडियोहरु पहिलोपटक मुलुकबाहिर प्रर्दशन गर्न लागिएको हो । ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ नाम दिइएको यो कार्यक्रम हङकङपछि संसारका विभिन्न मुलुकहरु आयोजना गरिने आयोजक विविल राइज फाउण्डेसनले जनाएको छ ।
हङकङमा शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष तुलसीकुमार गुरुङले प्रचुर पर्यटकीय सम्भावनाभएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरु प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताबाट आएका वृत्तचित्रलाई विश्वमाझ पु-याउने यो अर्को प्रयास भएको बताए ।
यस फिल्म फेस्टिवलले नेपालको कुनाकन्दरामा रहेका पर्यटकीय महत्वका नविन थलोहरु एवं कला संस्कृतिलाई विश्वभर उजागार गर्न सघाउने उनको भनाई थियो । विदेशमा बस्ने नेपालीहरुले पनि नेपालको कला संस्कृतिको जर्गेना र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले यसलाई समेत मध्यनजर गरी आगामी संस्करण देखि ‘मेरो गाउँ, मेरो ठाउँ इन्टरनेसनल’विधाथपिने योजना समेत सुनाए ।
विजेता भिडियोहरु जुलाई (१६) आषाढ ३१ गते साँझ हङकङस्थित हेनरी जिलियोङ हल, याउमा तेईमा प्रर्दशन हुनेछ । यसमा सबैले हातेमालो गर्न समेत अध्यक्ष गुरुङको अनुरोध थियो । फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले नेपाली वृत्तचित्र निर्मातालाई अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउन र थप सम्भावनाको ढोका खोल्न समेत यसले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताए ।





























प्रतिक्रिया