प्रेमिकाकाे घटनाले कानून व्यवसायीहरु आन्दोलितः ‘अब भ्रष्टाचारीलाई कसैले बचाउन सक्दैन’

प्रेमिकाकाे घटनाले कानून व्यवसायीहरु आन्दोलितः ‘अब भ्रष्टाचारीलाई कसैले बचाउन सक्दैन’

केन्द्रबिन्दु
0
Shares

कानून व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका छन् ।

सोमवार जिल्ला अदालत ललितपुरका नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हात हालाहाल भएको घटनालाई लिएर कानून व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । आइतबार नै नेपालबार एशोसिएशनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । सोहीअनुसार आज उनीहरुले आन्दोलन गरेका हुन् । 

विरोध प्रर्दशनमा नेपालबार एशोसिएशनमा अध्यक्ष गोपालप्रसाद घिमिरेले भ्रष्ट्राचार गर्ने घुस खोरविरुद्धको अन्दोलन भएकाले खुस नखाने न्यायाधीश र कर्मचारीहरू नडराउन र नआत्तिन आग्रह गरे ।

उनले अब हरेक बारमा एउटा भिजिलेन्स ग्रुप खडा गरी निगरानी गर्ने बताउँदै भने,‘जो व्यक्ति भ्रष्टाचारमा लिप्त छन्,उनीहरुले हामीसँग डराउनुपर्छ । अब हामी हरेक बारमा हरेक अदालतसँग सम्बन्धित एउटा भिजिलेन्स ग्रुप खडा गर्नेछौँ । त्यो ग्रुपले वाच गर्छ जोगिएको छु नभन्नु भ्रष्टाचारलाई कस्ले बचाउँछ हामी पनि हेर्छौं ।’ 

बार अध्यक्ष घिमिरेले आन्दोलन कुनै कर्मचारी वा न्यायाधीशविरुद्ध नभएर भ्रष्ट्राचारविरुद्ध रहेको पनि प्रष्ट पारे । ‘कुनै कानून व्यवसायी घुस खुवाउँछ भने तिनीहरुविरुद्ध पनि यो अभियान हो। घुस खाने र खुवाउने हाम्रो साथी हुन सक्दैन’ उनले भने । 

Skip This
Skip This
Logo