ललिता निवास प्रकरण : बन्दीप्रत्यक्षीकरणको सुनुवाइ भट्टराई र फुयालको इजलासमा

ललिता निवास प्रकरण : बन्दीप्रत्यक्षीकरणको सुनुवाइ भट्टराई र फुयालको इजलासमा

केन्द्रबिन्दु
0
Shares

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपितले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट आज न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुँदैछ। हदम्याद सकिइसकेको मुद्दामा पक्राउ गरिएको भन्दै दायर रिटमा सुनुवाइ हुन लागेको हो।

गएको बिहीबार सर्वोच्च अदालतमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमका तर्फबाट रिटहरू दायर गरिएको थियो।

Logo