आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुनेछ। पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ। आज यी दुईबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ। पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई ‘सूर्यदुरुस्थ’ भनिन्छ ।
बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको छ। पृथ्वी सूर्यको टाढा पुग्दा पृथ्वीको घुम्ने गति कम हुने हुँदा दिन लामो हुन जाने समितिका निमित्त कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले बताए।
सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ। आज उत्तरी ध्रुवमा सबैभन्दा धेरै गर्मीको अनुभूति समेत हुनेछ। उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत र दक्षिणी ध्रुवमा १० प्रतिशत व्यक्तिको बसोबास छ।
सामान्यतया जुन २१ तारिख वर्षको लामो दिन र छोटो रात, सेप्टेम्बर २१ रात र दिन बराबर तथा डिसेम्बर २१ तारिख वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुने मानिन्छ।
































प्रतिक्रिया