सडक चौँडा हुँदा दुर्घटना कम हुने र ट्राफिक जाम समेत न्युनीकरण गर्ने उद्देश्यले सरकारले देशैभरिका मुख्य सडक सञ्जाललाई फराकिलो बनाउने नीति लिएकाे छ। तर, सरकारी कार्यालयको समन्वय अभावले सवारी दुर्घटना निम्त्याउने देखाएकाे छ।
सिन्धुली- काठमाडाैं सडकखण्डअन्तर्गत बर्दिबास-३ स्थित गौरिडाँडामा बन्दै गरेको सडक निर्माण गर्दा देखिएकाे सरकारी कार्यालयको समन्वय अभावले दुर्घटनालाई निम्त्याएकाे छ।
सडकको बीचमा देखिएका अस्तव्यस्त रुखहरु, विद्युतका तार र ठडिएका खम्बाहरुले सवारी दुर्घटना निम्त्याएकाे छ। अहिले सडकको दायाँबायाँ १५/१५ फिट चौडा गरिएको छ। तर, चौँडा गरेको अधिकाशं भागहरुमा न बिधुत हटाइएको छ न त रुखहरु नै। सडकमा परेका रुख वन कार्यालयले काट्न दिएकाे छैन भने विद्युतका पाेखहरु हटाउन विद्युत प्राधिकरणले चासाे दिएकाे छैन। जस कारण सडकका बीचमाा रहेका रुख र विद्युतका पाेलले सवारी दुर्घटनालाई निम्त्याउने देखिएकाे छ।
सडकका बीचमा रहेका विद्युतका पाेल सार्न पटक पटक ताकेता गर्दा पनि प्राधिकरणले चासाे नदेखाएकाे सडक विभागका इन्जिनियर रमेश आचार्यले जानकारी दिए। उनका अनुसार अहिले सडकको किनारामा दायाँबायाँ २ फिट फुटपाटको लागि बढाइने भएको हुनाले स्थानिय सरकारको मात्र सहयोग लिएर काम गरिएकाे छ।
एक वर्षभित्र काम सक्ने गरी जेभी र सैलेन्द्र एण्ड सन कन्स्ट्रक्सनले करिब ९ करोडमा ठेक्का पाएका हुन्। सैलेन्द्र एण्ड सन कन्स्ट्रक्सनका इन्जिनियर सुशील बस्नेतले सडककाे बीच भागका पोल र रुखहरु हटाउन नसक्दा कामले गति लिन नसकेकाे बताए।
जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झाका अनुसार सडकको दायाँबायाँ रहेका रुखहरु सडक विभागकाे नै सम्पत्ति भएको तर भू-संरक्षण मन्त्रालयवाट प्रावधानअनुसार स्वीकृति नल्याएको हुनाले हस्तक्षेप गर्नु परेकाे हाे। यता विद्युत कार्यालयका प्रमुख प्रविन मिश्रले सडकको पोल हटाउन केही कागजात नपुगेको हुनाले काम अगाडि बढाउन नसकिएको बताए।





























प्रतिक्रिया