भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिइएको अडियो सन्देश शर्माकै भएको पुष्टि

भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिइएको अडियो सन्देश शर्माकै भएको पुष्टि

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम उल्लेख भएको अडियोेमा प्रतिवादी सन्देश शर्माकै स्वर रहेको स्पष्ट भएको छ । प्रहरी प्रधान कार्यालयले अडिओ नक्कली भुटानी शरणार्थी प्रकरणमा सार्वजनिक अडियो परीक्षण गर्दा प्रतिवादी दाङ तुल्सीपुर–१६ का ३४ वर्षीय सन्देश शर्माको स्वरसँग मेल खाएको जनाएको हो । 

वैशाख २ गते आफ्नो नाम जोडिएपछि आरजु राणाले साइबर ब्युरोमा दिएको उजुरीको आधारमा गरिएको परीक्षणमा सन्देश शर्माको आवाज भएको दाबी गरेको प्रहरीले उक्त अडियो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार गरेको भए पनि थप विवरण नआएको जनाएको छ । 

उक्त अडियोमा आरजुलाई पनि पैसा दिइएको सन्देशले बोलेका छन् । तर, यसलाई आरजुले खण्डन गर्दै आफूले यसबारे जानकारी नै नभएको बताउँदै आएकी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्देश पुर्पक्षका लागि थुनामा छन् । उनीविरुद्ध गठी तथा संगठित अपराध असुरमा मुद्दा चलाइएको छ । 

‘उपरोक्त सम्बन्धमा मा. डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीमा मिति २०८०/०१/०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा  Speakers Identification Traits match  भनी उल्लेख भएको जुन स्वर (Voice) जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका बर्ष ३४ को सन्देश शर्माको Control Sample सँग मेल खाएको,’– नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Skip This
Skip This
Logo