नेपालमा पहिलोपटक भएकाे तेस्रो लिङ्गीहरुको विवाहमा न्यायाधीश मैनालीले राखे फरक मत

नेपालमा पहिलोपटक भएकाे तेस्रो लिङ्गीहरुको विवाहमा न्यायाधीश मैनालीले राखे फरक मत

केन्द्रबिन्दु
0
Shares

कानूनी रुपमै नेपालमा पहिलो पटक तेस्रो लिङ्गीहरुको विवाह भएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंमा विवाह दर्ता गर्ने जोडी रहेका छन्- माया गुरुङ र सुरेन्द्र पाण्डे  । 

पूर्वसांसद सुनिल बाबु पन्तले सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार समलिङ्गी एवं तेस्रो लिङ्गीहरु पनि पनि विवाह गर्न पाउने व्यवस्था गरे अनुरुप माया र सुरेन्द्रको जोडी विवाह बन्धनमा बाँधिएको जानकारी दिए । उनले भने ‘यो सर्वोच्चले स्थापित गरेको न्यायलाई कार्यान्वयन गराएरै छाड्छौं भन्ने हाम्रो प्रतिवद्धता छ ।’ 

तर माधव प्रसाद मैनालीको एकल इजलासले दर्ता गर्न अस्वीकार गरेको थियो । मैनालीले विवाह गरी पाउँ भनी निवेदन दिने दुवै व्यक्ति फरक लिङ्गका महिला पुरुष नदेखिएको अवस्थामा निवेदन बमोजिम उल्लेखित दफा ७७ मा रहेको व्यवस्था विपरीत दर्ताद्वारा विवाह गराउन नमिल्ने राय दिएका थिए ।

Logo