अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लू को नेपाल भ्रमणबारे जानकारी गराएको हो।दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 

लु अहिले दक्षिण एसिया भ्रमणमा छन् । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ । 

Skip This
Skip This
Logo