झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै

झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ । गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्यालयमा राख्न लागिएको हो। 

अविरल वर्षाका कारण नदीमा बाढी आउँदा पुल भएको स्थानमा ब्यापक कटान भइरहेको छ । जग्गा कटान हुँदा पोल ढलेर नदीमा खसेको छ । पुलका सामान हटाएर सुरक्षित स्थानमा राख्न थालिएको वडाध्यक्ष नवलसिंह रानाले बताएका छन्। पुलको सामान चोरी हुनसक्ने भएकाले सुरक्षित स्थानमा राख्न थालिएको उनको भनाइ छ । ‘पुल खोल्नका लागि मजदुरको ज्याला र ढुवानी खर्च नगरपालिकाले व्यहोर्ने आश्वासन दिएको छ’, वडाध्यक्ष रानाले भने । 

निर्माण भएको एक वर्ष नपुग्दै बाढीका कारण गत वर्ष पुल चुँडिएर नदीमा खसेको थियो । पुल ढलेपछि स्थानीयले नदी तर्न सास्ती खेप्दै आएका छन् । विद्यार्थी र बिरामीलाई यसबाट बढी समस्या भएको छ । ‘नदीमा ढलेको पुल हटाउन एक वर्ष कुर्नुपर्‍यो’, स्थानीय लक्ष्मण रानाले भने, ‘नयाँ पुल निर्माणको माग गरेका छौँ, सुनुवाइ भएको छैन ।’ दुई करोड ५० लाखको लागतमा उक्त पुल निर्माण गरिएको थियो । 

Skip This
Skip This
Logo