चितवनको दासढुङ्गामा बस दुर्घटना, १९ जना घाइते

चितवनको दासढुङ्गामा बस दुर्घटना, १९ जना घाइते

केन्द्रबिन्दु
0
Shares

चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना भएकाे छ। शुक्रबार बिहान  करिब ५ बजेतिर काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस दुर्घटना  हुँदा १९ जना घाइते भएका छन्।

बस आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसी रुखमा अड्किँएको थियो। बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। घाइतेहरूका पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यलयबाट २५ जनाको उद्धार सहितको टोली खटिएको छ। 

Skip This
Skip This
Logo