बससँग ठोक्किएर ट्रक सप्तकोशीमा खस्यो

बससँग ठोक्किएर ट्रक सप्तकोशीमा खस्यो

केन्द्रबिन्दु
0
Shares

सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ। नदीमा खसेको ट्रक बेपत्ता छ। प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७:४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । 

Logo