नेपाली साहित्यलाई परिष्कृत गर्दै लगे भानुजयन्ती मनाउनुको सार्थकता रहन्छः सभामुख घिमिरे

नेपाली साहित्यलाई परिष्कृत गर्दै लगे भानुजयन्ती मनाउनुको सार्थकता रहन्छः सभामुख घिमिरे

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले साहित्यलाई परिष्कृत गर्दै समयानुकुल बनाउँदै लैजान सक्ने हो भने मात्रै भानुजयन्ती मनाउनुको सार्थकता हुने बताएका छन् । 

भानु जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख घिमिरेले भानुभक्तले दिएका योगदानलाई जनस्तरमा पु-याउने, नेपाली साहित्यलाई स्थापित गर्ने र समयसँगसँगै परिमार्जित साहित्यलाई अगाडि लाने हो भने मात्रै भानुभक्तको योगदान सार्थक हुने बताएका हुन् ।

उनले भने, ‘भानुभक्तले दिनुभएका योगदानलाई जनस्तरमा पु-याउने, जनताको बीचबाट हाम्रो नेपाली साहित्यलाई स्थापित गर्ने, भाषाको विकास गर्ने र समयसँगसँगै परिमार्जित साहित्यलाई अगाडि लैजान योगदान गर्न सकेको खण्डमा मात्रै भानुजयन्ती मनाउनुको सार्थकता रहन्छ ।’ 

सभामुख घिमिरेले भानुभक्तलाई जुन रुपबाट चिन्नु पर्ने हो त्यो रुपबाट चिन्न सकेका भन्दै भानुले दिएका शिक्षा र विचारलाई व्यवहारमा लागू गर्ने विषयमा अझै काम गर्न आवश्यक भएको बताए । 

भानुभक्त आचार्यमा असीमित गुण र प्रतिभा भएका कारण त्यति बेलाको प्रतिकूल राजनीतिक परिस्थितिको विरुद्धमा पनि साहित्यको माध्यमबाट अभिलेखहरु दिन सफल भएको पनि उनको भनाइ छ । 

उनले भानुभक्तले नेपाली भाषालाई साहित्यमा रुपान्तरण गर्ने मात्रै होईन, नेपालमा छरिएर रहेका विविध भाषा, संस्कार र संस्कृतिहरुलाई एउटै सूत्रमा बाध्न योगदान गरेको पनि बताए ।

Skip This
Skip This
Logo