जलजलामा बिरामी चितुवाको उद्धार

जलजलामा बिरामी चितुवाको उद्धार

केन्द्रबिन्दु
0
Shares

पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङमा बिरामी चितुवाको उद्धार गरिएको छ । बुधबार मालढुङ्गा–बेनी सडक नजिकै फर्सेमा मकैको खेतमा भेटिएको बिरामी चितुवाको डिभिजन वन कार्यालयले उद्धार गरेको हो। 

करिब डेढ वर्ष उमेरको चितुवा मकै बारीमा सुतेको देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए। कार्यालय प्रमुख विष्णु अधिकारीका अनुसार पशु कार्यालयको टोलीले अशक्त चितुवाको स्वास्थ्य जाँच गरिरहेको छ। चितुवालाई उपचारपछि उचित वासस्थानमा छाड्ने उनले बताए।  
    
पर्वतमा गत आवमा नौ चितुवा मृत फेला परेका थिए। दुई चितुवाको जिवितै उद्धार गरिएको थियो। डिभिजन वन कार्यालयले गत आवमा चितुवाले पुर्याएको क्षतिपूर्तिबापत पीडितलाई रु २६ लाख ८६ हजार भुक्तानी गरेको छ। 

Logo