विगत लामो समयदेखि कमेडियन सन्दीप क्षेत्रीले कान्तिपुर टिभी एचडीमा संचालन गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द भएको छ । कान्तिपुर टिभी एचडीमा प्रसारण हुँदै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’ पटक–पटक विवादमा पर्दै आएको कारण उत्पादन तथा प्रसारण नै रोकिएको हो ।
गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो । यसअघि पनि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोधसमेत भएको थियो ।
यसरी पटकपटक विवकदमा पर्दै आएको कार्यक्रमलाई अन्ततः कान्तिपुर टेलिभिजनले बन्द गराएको छ । टेलिभिजनले बिहीबार सूचना नै जारी गरेर महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको हो । साथै उक्त कार्यक्रम ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने पनि जनाएको छ ।





























प्रतिक्रिया