निर्माण व्यवसायीको लापरबाहीले रामेछापको सदरमुकाम मन्थलीमा निर्माणाधीन बहुउद्देश्यीय कवर्ड हलको निर्माण कार्य अलपत्र परेको छ।
मन्थली नगरपालिका–२ को भुत्याहा खोला किनारमा तीन वर्ष अघि निर्माण सुरु भएको कवर्ड हलको निर्माण कार्य अझै पुरा भएको छैन। निर्माण कार्य नसकी निर्माण व्यवसायीले काम अलपत्र पारेर छाडेका छन्।
सो कवर्ड हल २०७८ पुस २० निर्माण सम्पन्न गर्ने गरी सुनकोसी-गिरी जेभी काठमाडौँले २०७७ को असार २६ ठेक्का सम्झौता गरेको थियो। तर तोकिएको भन्दा डबल समय बित्दा पनि निर्माण कार्य अलपत्र नै छ।
कवर्ड हल निर्माणको लागि वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ६ करोड ५७ लाख ९२ हजार ८ सय ८० रुपैँयामा निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सो हल सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रेपलाञ्चोक मार्फत निर्माण भएको हो।
अन्य स्टकचर निर्माणको काम करिब सकेको कम्पनीले रिमोटबाट चल्ने अटोमेटिक चियरको नाम नराख्दा कवर्ड हल अलपत्र बनेको हो। निर्माण कम्पनीले रिमोटबाट चल्ने १ हजार १ सय ८० ओटा कुर्सी राख्न नसक्दा काम नै छाडेर हिँडेको छ।
सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रेपलाञ्चोकका इञ्जिनियर कुसुम भट्टराईले अन्य संरचनाको काम भइसकेको भए पनि कुर्सी निर्माणको काम भने नभएको बताए। निर्माण व्यवसायीले ड्रइङ डिजाइन अनुसार कुर्सी मिलाएर राख्न सक्दिन भनेर हिँडेको उनले बताए।
निर्माण व्यवसायीले काम गर्न नसक्ने भनेकोले के गर्ने भनेर मन्त्रालयलाई लेखि पठाइसकेको उनले बताए।निर्माण कम्पनीले पछिल्लो पटक थप गरेको जेठ मसान्तसम्मको म्याद पनि गुजारी सकेको छ। तर पहिलेको ड्रइङ डिजाइनमा कम्पनी काम गर्न तयार छैन।
निर्माण व्यवसायी र ठेक्का लगाउने कार्यालयको विवाद हेरेर स्थानीय अब बस्न नसक्ने मन्थली नगपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीले बताए।कवर्ड हल नबन्दा खेल क्षेत्र प्रभावित भएकाले तत्काल काम सम्पन्न उनले आग्रह गरे।































प्रतिक्रिया